१९ दलीय मोर्चाले संविधानसभा बैठक बहिस्कार गर्ने,ओलीलाई मानसिक उपचारको माग

माघ २१ । काठमाडौं, एकीकृत नेकपा माओवादी नेतृत्वको १९ दलीय मोर्चाले संविधानसभा बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।बुधबार बसेको १९ दलको संयुक्त बैठकले प्रश्नावली निर्माण समितिको म्याद थप्नका लागि विहीबार १ बजे बोलाइएको संविधानसभा बैठक बहिस्कार गर्ने निर्णय गरेको हो ।

बैठकपछि मोर्चा आबद्ध थरुहट तराई पार्टीका सभासद गोपाल दहितले भने, ‘म्याद थपका लागि बोलाइएको बैठकमा जाँदैनौं ।’

बैठकले व्यवस्थापिका संसद अन्तरगतका समिति पनि बहिस्कार गर्ने निर्णय गरेको छ ।

यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले १० करोड दिए एमाओवादी नेतृत्वको मोर्चा संविधानसभामा आउछ भनेर दिएको सार्बजनिक अभिव्यक्तिको भ्रत्र्सना समेत गरेको सभासद दहितले जानकारी दिए ।मोर्चाले एमाले अध्यक्ष ओलीले स्वास्थ्य मनस्थितिले उक्त कुरा गरेको भएको छनबिन गर्न र हैन भने उलीको मानसिक स्वास्थ्य उपचार गर्न माग समेत गरेको छ ।
बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको संविधानसभा बैठक अवरोध गरेर पैसाको बार्गेनिङ गरेको आरोप छानबिन गर्न चुनौति दिएको हो । ओलीले गत असोजमा पनि बेपत्ता र सहिदका नाममा पैसाको बार्गेनिङ गरेर संसद् अवरोध गरेको प्रसंग निकाल्दै फेरि पनि संविधानसभा अवरोध गरेर पैसाको बार्गेनिङ गरेको आशयको अभिव्यक्ति दिएका थिए ।गठबन्धन प्रवक्ता प्रेमबहादुर सिंहले ओलीको अभिव्यक्ति अराजनीतिक गैरजिम्मेवार, भ्रामक, निराधार रहेकोे बताउँदै बैठकले खण्डन र भर्त्सना गरेको बताउनु भयो । “उहाँको स्वास्थ्य सामान्य प्रमाणित भएमा सथ्य तथ्य पत्ता लगाउन सरकारलाई छानबिन गर्न अनुरोध गर्न भनेका छौं ।” सिंहले भन्नु भयो, मोर्चाको बैठकले एमाले अध्यक्ष ओलीको उपचारपछि स्वास्थ्य भए नभएको जानकारी सरकारले सार्वजनीक गर्नु पर्ने माग समेत गरेको छ ।”

सम्बन्धित शिर्षकहरु