संविधान बन्न नसकेकोमा यूरोपेली युनियनका राजदूतहरुको चासो

eu-pre (1)काठमाण्डौं ।यूरोपियन युनियनका राजादुतहरुले प्रधानमन्त्री सुशील कोइरालाई भेटेर नेपालको राजनीतिक स्थिति तथा संविधान निर्माण हुन नसकेको अवस्थाबारे चासो व्यक्त्त गरेका छन । यूरोपियन युनियनका हेड अफ डेलिगेशन राजदूत श्रीमति रेन्सी तिरिन्कको नेतृत्वमा आउनुभएका नेपालका लागि बेलायत,डेनमार्क,जर्मनी,फ्रान्स,फिनल्याण्ड,नर्वे र स्वीजरल्याण्डका राजदूतहरुले संयुक्त रुपमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा उहालाई भेटेका हुन ।

भेटवार्तामा नेपालको राजनीतिक स्थिति, संविधान निर्माणको अवस्था, नेपाल र युरोपेली युनियनका बीचको राजनीतिक सहयोग जस्ता विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले माघ ८ गते (जनवरी २२)को निर्धारित समयमा संविधान जारी हुन नसकेपनि संविधान निर्माणको प्रकृया अगाडि बढेको बताउनु भएको थियो । उहाँले संविधानसभामा रहेका केही राजनीतिक दलहरुले देश र जनताको बृहत्तर हितमा लचक हुन नसक्दा सहमतिका लागि गरिएका प्रयासहरु सार्थक परिणाममा पुग्न नसकेकोबारे उनीहरुलाई जानकारी दिनु भएको थियो ।आफ्नो जीवन नै प्रजातन्त्रका लागि समर्पित गरेको बताउदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो,“ प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यताहरु मलाई मेरो जीवनभन्दा बढी प्यारा छन ।”

भेटका क्रममा प्रधानमन्त्री कोइरालाले देश रजनताको हितमा काम गर्न सरकार प्रमुख र सत्तारुढ नेपाली कांग्रेस पार्टीको सभापतिको हैसियतले सक्ने जति अधिकतम प्रयास गरिरहेको र आउदा दिनमा गरिहने बताउनु भयो । “ विगत ७ बर्षदेखिको निरन्तर प्रयासका बाबजूद पनि सहमतिमा कायम गर्न नसकेकोले प्रकृयामा जानु परेको हो,” उहाँले भन्नुभयो,“ तर प्रकृया आफै पनि प्रजातान्त्रिक विधि हो ।
प्रजातन्त्रको लामो अनुभव भएका तपाईहरु सबैलाई राम्रोसंग जानकारी छ ।” प्रधानमन्त्री कोइरालाले प्रकृयाको विषय २०६२\६३ सालको राजनीतिक परिवर्तनकारी शक्तिको सहभागितामा सर्वसम्मतिले बनेको नेपालको अन्तरिम संविधान २०६३, वर्तमान संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुले सहमतिमा बनाएको संविधानसभा नियमावली र अघिल्लो बर्ष उच्चस्तरीय राजनीतिक समितिले गरेको राजनीतिक सहमति भित्रकै विषय भएको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री कोइरालाले भन्नुभयो,“ प्रकृयाको कुरा गरे पनि सहमति,सहकार्य,एकता मेलमिलाप र वार्ताको प्रयास छोडिएको छैन । म आफै गेट क्र्यास गरेर एमाओवादी अध्यक्ष प्रचण्ड(पुष्पकमल दाहाल)लाई भेटन गएको छु ।” उहाँले नेपालीहरुले चारपुस्ता अगाडिदेखि लोकतन्त्रको लागि लडेको बताउदै भन्नुभयो,“ हामीले धेरै दुःख पायौ ।

हामी थप दुःख निम्त्याउन चाहान्र्नौ । आउने पुस्ताले पनि लोकतन्त्रकै लागि लड्नु पर्ने स्थिति नआओस भन्नेमा हामी स्पष्ट छौ ।”
प्रधानमन्त्री कोइरालाले नेपालले हासिल गरेका संघीयता गणतन्त्र र समावेशी लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धिलाई जोगाउदै लोकतान्त्रिक संविधान निर्माणको काममा देखिएका चुनौतिहरुलाई लोकतन्त्रको लामो अभ्यास गरिसकेका मित्रराष्ट्रका राजदूतहरुले राम्रोसंग बुझ्नुभएको बताउदै भन्नुभयो,“ जुत्ताले कहाँ डस्छ भन्ने कुरा लगाउनेलाई नै राम्रो थाहा हुन्छ।”
अवसरमा राजदूतहरुले आफूहरु नेपालको शान्ति,स्थायित्व र विकासको पक्षमा रहेको र सामाजिक आर्थिक विकास सहयोग गर्न तत्पर रहेको बताउनु भएको थियो ।

सम्बन्धित शिर्षकहरु