तामाङ समुदायले लोसार पर्व मनाउँदै

gyalsumमाघ ७ ।काठमाडौ,तामाङ समुदायको नयाँ वर्ष २८५१ औँ सोनाम लोसार बुधवार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेका छन ।लोसारको अवसरमा आज तामाङ समुदायले राजाधानीको टुडिखेलमा एक कार्यक्रमको आयोजना गरेका छन । उनिहरुले पर्वको अवसरमा एकआपसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्ने गर्दछन ।

“लो” को अर्थ वर्ष तथा “सार” को अर्थ नयाँ वर्ष हो । विशेष गरी १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने परम्परा छ ।पोहोर घोडा वर्ष रहेको र त्यसलाई विदाइ गरेर यस वर्ष भेडा वर्षलाई स्वागत गरिदैछ । पर्वको अवरमा मीठा मीठा खानेकुरा पकाएर खाने, साथीभाइ भेटघाट गर्ने र भोज खाने प्रचलन छ । पानी रोटीमा विभिन्न मरमसला राखी बनाइएको परिकार, गेडागुडीका परिकार, मासु तथा रक्सीलगायत खानेकुरा पनि खाइन्छ ।
आजको दिनमा गुम्वामा जम्मा भएर एक आपसमा शुभकामना आदार प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिन्छ । यसैबीच लोसारको अवसरमा टुडिखेलमा हुने विशेष समारोहलाई प्रधानमन्त्री सुशील कोइरालले दिउँसो १ बजे उद्घाटन गर्नुहुने भएको छ । सरकारले आजको दिनलै सार्वजनिक विदा समेत दिएको छ ।

सम्बन्धित शिर्षकहरु