रमेश अधिकारी-असनेपाल न्युज/
माघ ६, काठमाडौँ- जारी डिभिजन-२ आइ सी सी वोर्ल्ड क्रिकेट लिगमा नेपाली बलरको उत्कृष्ट प्रदर्शनमा क्यानाडाले नेपालका सामु जम्मा ११५ रनको झिनो टार्गेट प्रस्तुत गरेको छ । आजको खेलको पहिलो इनिंगमा नेपाली बलरहरु चम्किदा क्यानाडा ४९.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो ।
टस जिती पहिले ब्याटिंग रोजेको क्यानाडाको ब्याटिंग लाइन ध्वस्त पार्न नेपालका बलर कारण केसीले ५ विकेट लिएका थिए । कारणले १० ओभरमा जम्मा २६ रन खर्चेर ५ विकेट लिदा सोम्पाल कामीले २ तथा पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सागर पुनले १/१ विकेट लिएका थिए । डिभिजन २ को यहि प्रतियोगितामा डेब्यु गरेका करणको यो झिनो स्कोरमा बिशेष हात रह्यो ।
स्मरण रहोस जारी प्रतियोगितामा नेपालले युगान्डा लाई १ सय ४६, नेदरल्यान्ड्सलाई १५८ र क्यानाडालाई ११४ रनमा रोकेर उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ ।अस्ति मात्र नेपालले नेदरल्याण्डलाइ हराएको थियो । अहिले अब नेपाल जवाफी ब्याटिंगमा उत्रदै छ ।








