भिडन्तको खतरा भएपछि संविधानसभा भित्र र बाहिर विशेष सुरक्षा

माघ। ६ काठमाडौ,संविधासभाभित्रै सभासदहरुबीच भएको भीडन्तका कारण मंगलबारको बैठकलाई सुरक्षा दिन संविधानसभा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। संविधानसभा भवनलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले मध्यरातदेखि नै विशेष सुरक्षा घेरामा राखेको छ।

बिहानदेखि संविधानसभा पसिरमा विशेष सुरक्षा निगरानीसहित गस्ती बाक्लो बनाइएको छ। सम्मेलन केन्द्रभित्र पनि सुरक्षाकर्मीको संख्या थपिएको छ। त्यसैगरी बैठक कक्षमा खटिने मर्यादापाललाई विशेष सतर्कतासहित राखिएको छ।सभासद्लाई पनि सुरक्षाजाँच गर्दै भित्र पठाइएको छ।

संविधानसभाको बैठक मंगलबार दिउँसो एक बजे बोलाइएको छ। बैठकमा प्रश्‍नावली समिति बनाउनु प्रक्रिया थालिने छ। यसको प्रतिवाद गर्ने तयारीमा एमाओवादी र मधेसी मोर्चालगायतको गठबन्धन छन्। एमाओवादीले आफ्‍ना सभासद्लाई १२ बजेभित्र संविधानसभाभित्र आउन उर्दी जारी गरेको थियो।
संविधान लेखनका विवादमा दलहरुबीच बैठकमा सहमति हुन नसकेपछि सोमबार मध्यरातमा बसेको संविधानसभाको बैठकमा एमाओवादीलगायत विपक्षी सभासद् एकपक्षीय रुपमा तोडफोड तथा आक्रमणमा उत्रेका थियो। कांग्रेस एमाले, एमाओवादी र मधेसी मोर्चाबीच दिनभर संविधानसभा भवन भएको बैठक तथा वार्ता निश्कर्षबिहिन भएपछि मुठभेड भएको हो।

सम्बन्धित शिर्षकहरु