आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल युगान्डा संग २ रनले पराजित

team nepal

माघ ३, काठमाडौँ- आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईको पहिलो खेलमा नेपाल युगान्डासँग २ रनले पराजित भएको छ।

नामिबियामा शनिबार भएको खेलमा अफ्रिकी प्रतिद्वन्द्वी  युगान्डा संग नेपाल परिाजित भएको हो। टस जितेर ब्याटिङमा उत्रेको युगान्डाले निर्धारीत ५० ओभरको खेलमा ४९ दशमलव ५ ओभरमा अल आउट हुदै जम्मा १ सय ४६ रन बनाएको थियो।

१ सय ४७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको नेपाल ५० ओभरमा अल आउट हुदै जम्मा १ सय ४४ रनमा सिमित भयो ।

नेपालको डिभिजन दुईमा यो दोस्रो सहभागिता हो। केही महिनाअघि मलेसियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन तीनको उपाधि चुम्दै नेपाल विजेता बनेको थियो भने युगान्डा उपविजेता बन्दै डिभिजन दुईमा प्रवेश गरेका थिए।

डिभिजन दुईमा भने युगान्डाको यो चौथो सहभागिता हो। प्रतियोगितामा नेपालसहित युगान्डा, नेदरल्यान्ड्स, आयोजक नामिबिया, केन्या र क्यानडाले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आइसिसी विश्व लिग च्याम्पियनसिप र इन्टरकन्टिनेन्टल फोर डे प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछ।

सम्बन्धित शिर्षकहरु