३० दलीय मोर्चाले मधेसबन्दको क्रममा जनकपुरमा प्रहरी र प्रर्दशनकारीवीच झडप हुदाँ मृत्यु भएका जनकपुर निवासी राजाराम झालाई शहीद घोषणा नगरे सम्म र गृहमन्त्रीले राजिनामा नदिए सम्म आन्दोलन जारी रहने बताएको छ ।एकिकृत नेकपा माओवादी र मधेसबादी दलको नेतृत्वको यो मोर्चाले पुस २८ गते मधेसबन्द गर्ने क्रममा जनकपुरमा प्रहरी र प्रर्दशनकारी वीच झडप हुदाँ जनकपुर निवासी राजाराम झाको सोमबार मृत्यु भएकोे छ ।
३० दलीय गठवन्धन पर्साको सोमबार बसेको बैठकले झडपका क्रममा संवेदनशील अंगमा चोट लागेर झाको मृत्यु भएको भन्दै सहिद घोषणा गर्न माग गरेको छ ।
साथै पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै ३० दलीय गठवन्धनले पुस २९ गते पुनः १ दिन मधेस बन्दको घोषणा गरेको छ । साथै गृहमन्त्रीको राजीनामा मागेको छ । झालाई शहीद घोषण नगरे सम्म आन्दोलन जारी रहने ३० दलीय गठबन्धन पर्साका संयोजक एवं फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताउनु भयो । झा एमाओवादीका कार्यकता हुनुहुन्छ । ३० दलीय गठबन्धनले पुस २८ गते मधेस बन्दको क्रममा जनकपुरमा प्रहरीको कुटाई बाट झाको निधन भएको सम्झनामा पुस २९ गते १ दिनको लागि पुनः मधेस बन्द गरिने बताएको छ ।








