पुस २३, काठमाडौँ- बुधबार बेलुकीदेखि अचानक काठमाडौं सहित पश्चिम भागमा असिनासहित वर्षा भएको छ । बायुमण्डलको माथिल्लो भागमा न्यनुचापीय क्षेत्र विकास भएपछि असिना पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानिय न्युनचापीय क्षेत्रको विकाससँगै आकाशमा ‘क्युमुलोनेम्बस’ नामको बादलका कारण काठमाडौं, पोखरा, जुम्ला, सुर्खेतलगायत हिमाली भागमा वर्षा भएको छ ।
‘बिहीवार पनि केही स्थानमा वर्षा हुन सक्छ,’ महाशाखाका एक मौसमबिदले भने, ‘उच्च भागमा हिमपातको संभावना छ ।’ मौसमविदले यसलाई हिउँदे वर्षा भन्ने गरेका छन् । यो वर्षको यो तेस्रो हिउँदे वर्षा हो ।








