पुस २३ ।काठमाडौँ,इजरायलका कृषि तथा ग्रामीण विकास मन्त्री याइर समिर नेपालको दुईदिने औपचारिक भ्रमणमा भोलि काठमाडौँ आउँने भएका छन ।नेपाल र पश्चिम एसियाली मुलुक इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५औँ वर्ष प्रवेशका अवसर पारेर आउन लागेका इजरायली मन्त्री समिरले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, कृषि विकास मन्त्री हरिप्रसाद पराजुली र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापासँग मन्त्री समिरले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित इजरायली राजदूतावासले जनाएको छ ।
नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखनका क्रममा प्राप्त उपलब्धि, नेपालको सामाजिक एवम् आर्थिक विकासका निम्ति इजरायली सहायता वृद्धिका साथै दुई मुलुकबीचको दौंत्य सम्बन्ध अझ सुदृढ तुल्याउने उद्देश्यले मन्त्री समिरको यो भ्रमण हुन लागेको हो ।
कृषि तथा ग्रामीण विकासका साथै विदेश मन्त्रालयका उच्च अधिकारी र व्यापारी प्रतिनिधिमण्डलसहित १२ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउन आएका इजरायली मन्त्रीले नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रको उन्नयनका लागि अवलम्बन गर्नुपर्ने उपायबारे नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्नेछन ।
राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, कृषि विकास मन्त्री हरिप्रसाद पराजुली र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापासँग मन्त्री समिरले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको यहाँस्थित इजरायली राजदूतावासले जनाएको छ ।
दुई देशबीचको प्रगाढ सम्बन्धलाई अझ सुदृढ तुल्याउन तथा पारस्परिक सहयोग अभिवृद्धिमा मन्त्री समिरको भ्रमण केन्द्रित रहने नेपालका लागि इजरायलका राजदूत यारोन मायरले राससलाई बताउनुभयो । इजरायल र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ औं वार्षिकोत्सवको सन्दर्भमा हुन लागेको यो भ्रमणले उच्चस्तीय भ्रमण आदानप्रदानमा योगदान गर्ने तथा त्यसले आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने इजरायलका राजदूत यारोन मायरले बताए । सन् २०१५ मा दुई देशबीच विविध प्रवद्र्धनात्मक गतिविधि हुने र सरकारी एवम् जनस्तरको सम्बन्धलाई अझ गतिशील तुल्याउन मन्त्री समिरको भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै राजदूत मायरले नेपाली किसानलाई इजरायलमा उपलब्ध हुँदै आएको तालिमका अतिरिक्त सहयोगका नयाँ क्षेत्र पहिल्याउन पनि उहाँको भ्रमणले योगदान गर्नेमा आफू आशावादी रहेको बताए ।








