पुस २२, काठमाडौँ-
सगरमाथा क्षेत्रमा पदयात्रामा गएका एक अस्ट्रेलियन नागरिकको लेक लागेर मृत्यु भएको छ । स्थानीय प्रहरी र ट्रेकिंग कम्पनीका अनुशार सगरमाथा क्षेत्रको ग्योको ताल बाट फर्कदै गर्दा ५००० मिटरको उचाइमा ती अस्ट्रेलियन नगारिक बेहोस भइ ढलेका थिए ।
बेहोस भै ढलेका उनलाई हेलिकप्टरबाट काठमाडौँ लागिएको थियो । त्यहाँ उनलाई मृत घोषणा गरि उनको पोस्ट मार्टम गरिएको स्थानीय प्रहरी अधिकृत खगेन्द्र खड्काले जानकारी दिनुभयो । उचाइका कारण स्वास प्रस्वासमा समस्या आउने एक किसिमको बिमारी “लेक लाग्ने” बाट मित्यु भएका ६४ बर्षे ती अस्ट्रेलियन बृद्दको नाम भने खुलाइएको छैन । उनीहरुको पदयात्राको ब्यबस्थापन गर्ने हिमालयन एडभेन्चरका रंजित लामाले तालबाट तल झर्दै गर्दा उनि लडेर बेहोस भएपछी उद्दारका लागि गाइडले आफुहरुलाई फोन गरेको जानकारी दिनुभयो ।
धेरै स्वच्छ ताल भएको र सगरमाथालाई अत्यन्त नजिकबाट नियाल्न सकिने गोक्यो क्षेत्रलाइ हावाको छाप अन्यन्त न्यून रहने भएको हुनाले स्थानीयहरु ‘डेथ भ्याली’ अर्थात मृत्यु उपत्यका समेत भन्ने गर्दछन ।








