डडेल्धुरा, जिल्लाको सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका एक बालकको मृत्यु भएको छ ।
नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको क्वारेन्टिनमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गएराति १२ बजेतिर उनको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
कोरोना संक्रमित भएर वा अन्य कारनले उनको मृत्यु भएको हो भन्ने बारे खुलाउन शवको परिक्षण भैरहेको छ ।








