विश्व शान्तिको कामना सहित नेपालीहरूले मनाए नयां वर्ष

how to get rid of pain by meditation deepak chopra peace in mind free  guide
सिड्नी । अस्ट्रेलियामा नेपालीहरूले विभिन्न तवरले नयाँ वर्ष मनाएका छन्। नेपाली समुदायमा देश -देशाटन भ्रमण गर्ने ,योग ध्यान तथा अद्यात्मिक यात्राा गर्ने, वनभोज तथा आपसि भेटघाट गर्ने लगायतका गतिविधि लोकप्रिय बनेका छन् पछील्लो दिनहरूमा । अस्ट्रेलियामा स्थायि रुपले स्थापित हुने नेपालीहरूको संख्या बड्दै गएकाले पनि उनिहरू को गतिशिलता बढेको गैर आवसिय नेपाली संघ एन आर एन अस्ट्रेलियाका कोषाध्यक्ष चुरा  मणि वेलवासे असनेपाल न्युजलाई बताउनुहुन्छ । नेपालीहरूको भ्रमण प्याकेज खरिद गर्ने क्रय शक्ति बढेकाले पनि विदाका समयमा विभिन्न पर्यटकिय गन्तव्यस्थल हरूमा नेपालीहरूको भीडभाड देखिने गरेको उहांको स्विकारोक्ति छ। नयाँ वर्षलाई करोडौं डलर खर्च  गरेर स्वागत गर्ने देशहरूमा अस्ट्रेलिया पनि पर्ने गर्छ । यसै क्रममा नेपालीइहरू समेतले  सिड्निको डार्लिङ हार्वर र ओपेरा हाउस मा हुने विशाल अतिश बाजि सहीत मनाइने  नयां वर्ष कार्यक्रममा सहभागी बने । जहाँ राति १२ बजेको नयां वर्ष अवलोकन गर्न देश विदेशका दर्शकहरू १३ घन्टा अघि देखि प्रतिक्षा रत बनेका थिए । यसो त कतिपय नेपालीहरूले नयां वर्षमा शान्ति को प्रचार गरौं भन्दै योग, ध्यान , प्राकृतिक  भोजन देखि वैराग्य प्राप्तिका लागि  श्मसान तपस्या सम्मका गतिविधिमा भाग लीई नयाँं वर्षलाई मनाए । अस्ट्रेलिया आसपास रहेका ध्यान तथा योग केन्द्र नयाँ वर्षमा खचाखच बनेको थियो । सिड्निको केन्थस्ट आश्रममा आचार्य राजन शर्मा द्वारा सन्चालित ‘आनन्दमय योगयात्रामा ‘ विदेशिहरू सहित थुप्रै नेपालीहरूले विश्वमा शान्तिको कामना गर्दै शान्ति स्तुति गरि नयां वर्षलाई स्वागत गरे । यसरी नयाँ वर्ष मनांउंदा आफु मात्र नभै परिवार र समाजलाई नै लाभ  पुग्ने आनन्दय मय योग यात्राका सहभागी विदुर सापकोटा बताउनुहुन्छ । यसो त अर्का सहभागी मिमी पाण्डे विदेशमा हुर्केका नेपाली वालवालिकालाई नेपाली परम्परा सँग बानि बसाउन यस्तै विदाका कार्यक्रम उत्तम हुने बताउंनुहुन्छ । सो अवसरमा नेपालीहरूले  मदिरारहितको शाकाहारि पर्व मनाई नयां  पनको शुरुवात गरेको सुधांश शाह बताउनुहुन्छ । सन् २०१४ मा अस्ट्रेलिया तथा विश्वमा अकालमा मारिएका मानव समुदायको नाममा शान्ति दिप वालेर स्वागत गरिएको सो नयाँं वर्ष मा थुप्रै बहु राष्ट्रिय योगिहरूको शहभागिता  रहेको थियो । जुन कार्यक्रमका अन्य शहभागीहरूले नेपालीइहरू द्वारा सन्चालित यस्तो ‘विदाका प्याकेज ‘ सर्वकल्याणकारी हुने प्रतिकृया दिए  ।
एक सरकारी तथ्यांक  अनुसार पछील्लो गणनामा  अस्ट्रेलियामा कुल पर्यटन ब्यवसायको ४० करीव  प्रतिशत हिस्सा घरेलु पर्यटनले ओगट्ने गरेको छ ।

सम्बन्धित शिर्षकहरु