विश्वभर नयाँ वर्ष सन् २०१५को रौनकता

पुस १७ ।काठमाडौँ, विश्वका अधिकांश राष्ट्रहरुले आज विषेश रौनकताका साथ नयाँ वर्ष सन् २०१५ मनाइरहेको छ । क्रिस्चियन धर्मावलम्बीले आज ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०१५ मनाउँन थालिएको हो ।
प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन इस्वी संवत् सुरु हुन्छ ।इसाइ धर्मका प्रवnew-year2015त्र्तक जिजस क्राइस्ट (प्रभु यशु)को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
क्रिस्चियन धर्मावलम्बीले विश्वका सम्पूर्ण मानव समुदायको कल्याण तथा मुक्तिका लागि क्राइस्टले मारियमको कोखबाट जन्म लिई पृथ्वीमा आएको विश्वास गर्दछन ।
संवत् प्रचलनमा रहेका देशका नयाँ वर्षका अवसरमा रमाइलो तथा खुसीयाली मनाउनका लागि विभिन्न कार्यक्रम गरिन्छ । नेपालमा इसाइ तथा गैरइसाइले पनि विभिन्न परिकारका मीठा मीठा खाना खाने तथा साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँछन् ।
नेपालका विभिन्न पर्यटकीय सङ्घसंस्थाले पर्यटकीयस्थल तथा सो आसपास क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन ।
अङ्ग्रेजी नयाँ वर्ष २०१५ को पुर्व सन्ध्यामा आज राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको छ ।
ठमेल पर्यटन विकास परिसदले नयाँ वर्षका अवसरमा ख्याती प्राप्त कलाकारबाट सांस्कृतिक कार्यक्रम गरेको छ भने प्रस्तुति हेर्नका लागि विदेशी तथा स्वदेशी युवायुवतीको ठुलो सङ्ख्यामा भीड लागेको छ । ठमेलका होटल, क्याफेमा परिवार, साथीभाई एक आपसमा शुभकामना आदानप्रदान गरिरहेको देखिन्छ । ठमेलमा आजदेखि सोलार सडक बत्तीको समेत जडान गरी शुभारम्भ गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले नेपालमा पर्यटन प्रवद्र्धन गर्ने सरकारको मुख्य लक्ष्य रहेको र २०१५ मा पनि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए ।
पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले मुलुकको विकास लागि एक महत्वपूर्ण आधार पर्यटन भएको भन्दै सरकारी तथा निजी क्षेत्र दुवैको सहकार्यमा यसको विकास गर्नुपर्ने बताए ।कार्यक्रममा संयुक्त पर्यटन समन्वय समितिका संयोजक डिबी लिम्बू, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमला, पर्यटन व्यवसायी दीपक महत, ठमेल पर्यटन विकास परिसदका अध्यक्ष रामशरण थपलियाले ठमेललाई उत्कृष्ट र आकर्षक पर्यटन केन्द्रको रुपमा विकास गर्ने बताए ।

सम्बन्धित शिर्षकहरु