नेपलिज एसोसीएसन अफ वेस्टर्न अस्ट्रेलियाले यस बर्षको तमु ल्होछार, क्रिसमस, नयाँ वर्ष तथा नावा पर्थको नवौ वार्षिकी एकसाथ मनाएका छन । आइतवार २८ डिसेम्बरका दिन तमु ल्होछारस्थानीय वर्स्जहुड पार्कमा गुरुङ समुदायहरुको महान चाड (नयाँ वर्ष्-ल्होछार्-२१४२) मनाइएको हो ।
बाह्र वर्षको चक्रीय पात्रोमा आधरित भए अनुरुप यस बर्ष घोडा वर्गको अन्त हुने र र भेडा वर्गको शुरुवात हुने अवसरलाई ल्होछार पर्वको रुपमा मनाइएको जानकारी उपस्थित सबैलाई गराइएको थियो ।
बिषेशता विगत (घोडा वर्ग )मा जन्मिएका हरु लाई बिदाइ र आउँने वर्ग (भेडा वर्ग) मा जन्मिएकाहरुलाई स्वागत गरी उनीहरुको ग्रह काट्ने (स्याई-स्याई) परम्परा अनुरूप ग्रह दशा काट्ने र आशिर्बाद दिइने कार्यक्रम सम्पन्न भएको थियो । पर्थमा रहेका नेपाली परिवारहरुले साना बाल-बालिकाहरुलाई शान्ता क्लजको भेष धारणा गरेर गिफ्ट आदान प्रदान गरे ।कर्मभूमी तथा जन्मभूमीको संस्कृति र चाडपर्वलाई आत्मसाथ गर्नको लागि यसरी बिदाको अवसरमा यस्ता कार्यक्रमहरु मनाइेको भेलाका सहभागीहरुले बताए । सधैं व्यस्त रहने जीवनलाई एकछिन भने पनि विश्राम दिएर खुशी बाड्न यस्तो कार्यक्रमको आयोजना गरिएको नेप्लिज एसोसीएसनले जनाएको छ ।
यसै गरि नेप्लिज एसोसीएसन अफ वेस्टर्न अस्ट्रेलियाले आफ्नो स्थापनाको नवौ वार्षिकी मनाएको छ । नावा पर्थले आफ्नो नवौ वार्षिकीको उपलक्ष्यमा नेपाली समाज पर्थलाई संगठित बनाउन खेलेको आफ्नो भूमिकाको जानकारी गराएको थियो । कार्यक्रममा हाल सम्म नावा पर्थलाई साथ र सहयोग पुर्याउने स्थानीय व्यवसायी, समाज सेवी र नेपाली समाज पर्थका अग्रजहरुलाई कदर पत्र प्रदान गरियो ।







