पुस १५ । सुनसरी,आफ्नै बाबुआमाको आदेशमा सप्तकोसी भीरबाट खसालिएकी भारतीय युवती ज्योतिकुमारी यादवलाई प्रहरीले उद्दार गरेको छ । सुनसरीको बराहक्षेत्र दर्शन गर्न जाने भनेर फकाउँदै ल्याएर आफ्नै बाबुआमाले अरुलाई लगाएर छोरीलाई भिरबाट खसालिदिएका छन् । खसालिएकी यादवको उद्दारपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
गत बिहीबार उनको उद्दार गरिएको थियो ।
आफूले चाहेको युवकसँग विवाह गर्न लागेको थाहा पाएपछि बाबुआमाले मान्छे लगाएर बराहक्षेत्र मन्दिरनजिकको सप्तकोसी भिरमा खसालेका थिए । टाउको ,घाँटी र छातीमा चोट लागेकी उनको अवस्था समान्य बन्दै गएको बिपी प्रतिष्ठानस्थित प्रहरी बिटका इञ्चार्ज तिलक गिरीले बताए ।
ज्योतीको हत्या गर्न लगाउने आमा ममता यादव ,बाबु कुञ्जनकुमार यादव र हजुरबुबाका भाइ पर्ने प्रदिपकुमार यादव र सँगै आएका मनोज कुमार यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ ।








