श्रीप्रसाद पुर्जा विशिष्ट धनुर्धर घोषित

काठमाडौं, म्याग्दी मगर समाज, काठमाडौंका श्रीप्रसाद पुर्जा चौथो धनुषवाण प्रतियोगिताको व्यक्तिगत प्रतिस्पर्धामा विशिष्ट धनुर्धर बनेका छन । घोषित भएका छन । व्यक्तिगत प्रतिस्पर्धामा श्रीप्रसादले सर्वाधिक ८ अंक जोड्दै शीर्ष स्थानमा यात्रा टुंगाएपछि उनि विशिष्ट धनुर्धर घोषित भएका छन ।

मनाङ मर्स्याङ्दी क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम दिन मंगलबार टिम स्पर्धामा प्रतिस्पर्धा हुनेछ । ११ टिमले प्रतिस्पर्धा गर्ने मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष जिमी गुरुङले जनाएका छन् ।
सात जना सम्मिलित एक टिममा ६ जनाले प्रतिस्पर्धाको अवसर पाउनेछन् । ६ जना मध्ये प्रत्येकले समान २०–२० तिर प्रहार गर्नुपर्ने हुन्छ ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट धनुर्धर र ‘सार्प सुटर’ लाई ५–५ हजार नगदबाट पुरस्कृत गरिनेछ ।

सम्बन्धित शिर्षकहरु