खोटाङका किसानले ८० करोडको अलैँंची उत्पादन गरे

Badhi Elaichiखोटाङ,गत वर्ष रु ६० करोडको अलैँंची निकासी भएको यस जिल्लामा यस वर्ष रु ८० करोडभन्दा बढीको अलैँंची उत्पादन भएको छ ।

गत वर्षको तुलनामा २० प्रतिशतका दरले उत्पादन घटे पनि यस वर्ष उत्पादित अलैचीले जिल्लामा अहिलेसम्मकै बढी मूल्य पाएको जिल्ला कृषि विकास कार्यालय खोटाङले जनाएको छ ।
गत वर्ष प्रतिमन रु ६० हजारका दरले निकासी भएको अलैँंची यस वर्ष रु ८० हजारभन्दा बढी मूल्यमा किनबेच भइरहेको कार्यालयका प्राविधिक सहायक कौशलकुमार यादवले बताए ।
उनले यस वर्ष जिल्लामा ४०० मेट्रिक टन अलैँंची उत्पादन भएको र प्रतिमन रु ८० हजारदेखि ९६ हजारसम्ममा बिक्री भइरहेकाले रु ८० करोडभन्दा बढी नगद जिल्ला भित्रने अनुमान गरिएको बताए ।
कृषि कार्यालयका अनुसार गतवर्ष प्रतिहेक्टर ० दशमलव ६ मनका दरले अलैँंची उत्पादन भएको जिल्लामा यस वर्ष प्रतिहेक्टर ० दशमलव ५ मनका दरले उत्पादन भएको छ ।
हाल जिल्लामा अलैँंची सङ्कलन तथा निकासीका काम भइरहेको कृषकले बताएका छन् ।
पारिलो तथा चिसो जमिनमा हुने अलैंँची जिल्लाको ८०० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । फेदी, पाथेका, खार्मी, खार्ताम्छा, सुङ्देल, दिप्सुङ, राखाबाङ्देल, बाकाचोल, याम्खा, खिदिमा, टेम्मालगायत जिल्लाका ३४ भन्दा बढी गाविसमा उत्पादन हुने अलैँची भोजपुर, धनकुटा, धरान र झापाको विर्तामोड हुँदै भारत निकासी हुने गरेको छ ।

सम्बन्धित शिर्षकहरु