अस्ट्रेलिया, अस्ट्रेलियाको उत्तरी नगर केन्र्समा आफ्ना सात सन्तानका साथै आठ बालबालिकाको हत्या गरेको आरोपमा एक आमालाई फक्राउ गरिएको छ ।उक्त हत्यामा संलग्न भएको भनी ३७ वर्षीया एक आमालाई राती पक्राउ गरिएको र हाल निज केन्र्स बेस अस्पतालमा प्रहरीको सुरक्षामा रहेको जानकारी गुप्तचर प्रहरी निरीक्षक ब्रुनो एस्निकरलाई उदृत गर्दै अस्ट्रेलियाका मिडियाहरुले समाचार प्रकाशन गरेका छन ।
हाल यस अपराधपछि शोकाकुल यस नगरमा सुरक्षा व्यवस्था सतर्क राखिएको छ ।
अधिकारीहरुले यी बालबालिकाको मृत्युका कारणबारे जानकारी दिएका छैनन् । मारिएकामा साना बालकदेखि बाह्रवर्ष नाघेका नवयुवा पनि परेको बताइएको छ । शुक्रबार बिहान ती शवफेला परेको घरमै छुरी पनि फेला परेको बताइएको छ ।
अपराधस्थल नजिकै खेलौना भालु तथा फूलका गुच्छा राखिएको बताइएको छ । साथै केन्र्समा यस विषयमा चर्चमा प्रार्थनासभा गरिएको बताइएको छ । प्रहरीले यस विषयमा टोरेस स्ट्रेट आइल्यान्डर समुदायसँग मिलेर काम गरिरहेको जानकारी दिएको छ । मृतक परिवार सोही समुदायसँग सम्बन्धित रहेको बताइएको छ ।
प्रहरीले दुई, ११, १२ र १४ वर्षका चार बालिका तथा पाँच, छ, आठ तथा नौँ वर्षका चार बालकको मृत्युभएको पुष्टि गरेको छ । प्रहरीले यी पारिवारिक संस्कृतिको कारण यी बालबालिकाको नाम उल्लेख गर्न नसकिने बताएका छन ।
यहाँका केही आदिवासी संस्कृतिमा मृतकको नाम भन्नु निजप्रति असम्मान जनाउनु जस्तै हुने ठानिन्छ ।
यसरी पक्राउ परेकी महिला सात बालबालिकाकी आमा तथा १४ वर्षीया बालिकाकी काकी भएको बताइएको छ । क्विन्स्ल्यान्ड प्रहरीले हाल उनीमाथि अभियोग नलगाइएको तर उनले प्रहरीलाई सोधपुछमा सहयोग गरिरहेको जानकारी दिएको छ ।
यी महिलाको अवस्था स्थिर भएको र उनको रेखदेख भएको बताइएको छ । बालबालिकाको हत्याले अस्ट्रेलियालाई स्तब्ध बनाएको छ । यसअघि सिड्नको मध्यभागमा एक क्याफेमा यसै साता एक नाटकीय बन्धक प्रकरणमा दुई बन्धक तथा एक बन्दुकधारीको मृन्यु भएको थियो । यसका कारण मुलुकभर भावनात्मक अभिव्यक्ति बाहिर आएका थिए ।







