कोचाकोच गरेर कैदी राख्ने कारगार विरुद्द मुद्दा

पुस ५ । बाँके,क्षमताभन्दा बढी कोचाकोच गरेर कैदी राख्ने नेपालगन्ज कारागार विरुद्ध सार्वजनिक सरोकारको मुद्दा दायर गरिएको छ ।क्षमताअनुसार कैदी राख्न राख्न पटक पटक आग्रह गर्दा पनि व्यवस्थापन नभएपछि पुनरावेदन अदालत नेपालगन्जमा शुक्रबार मुद्दा दायर गरिएको हो ।

नेपालगन्जका अधिवक्ता विश्वजित तिवारी, सुनिल श्रेष्ठ र बलबहादुर चन्दले संयुक्त रुपमा सो मुद्दा दायर गर्नुभएको हो ।

कारागार विभागले २५० कैदी राख्न सक्ने क्षमता निर्धारण गरे पनि अहिले त्यहाँ ५५५ कैदीबन्दी कोचाकोच गरेर राखिएको छ ।

सम्बन्धित शिर्षकहरु