सत्यार्थीले वाग्मतीको हातैले उठाए

kailashsatyarthiपुस ५ । ललितपुर, नोबेल शान्ति पुरस्कार विजेता भारतका प्रसिद्ध बालअधिकारकर्मी कैलाश सत्यार्थी आज वाग्मती सफाइ कार्यक्रममा सहभागि भएका छन ।
महाअभियानको ८४ शृङ्खलाअन्तर्गत टेकु पुल अगाडिदेखि सानेपा पुलसम्मको क्षेत्रमा भएको सरसफाइ कार्यक्रममा सहभागी सत्यार्थी सहभागि भएका छन ।
उनले वाग्मतीको सेवा होइन नभएर नेपालीले आफ्नै सेवा गरेको बताए । उनले भने,पहिला फोहर फालेर पाप गर्नुभयो, अहिले सफा गरेर पुण्य कमाउँदै हुनुहुन्छ, म पनि बाहिरको पाहुना नभई यहाँकै हुँ ।”
मुख्यसचिव लीलामणि पौडेलले “म मेरो बासस्थान र कार्यालय वरिपरि र नदीनाला सफा राख्छु, वाग्मती नदीलाई सफा र स्वच्छ बनाउन निरन्तर लाग्नेछु” भनी सुरु गरेको सफाइ कार्यक्रममा सत्यार्थीले हातैएल फोहर उठाएर सफा गरे ।

सफाइ अभियानमा काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय क्लब, महिला समूह, विभिन्न सामाजिक सङ्घसंस्था, विद्यालयका विद्यार्थी एवम् सर्वसाधारणको उल्लेख्य सङ्ख्यामा सहभागिता थियो ।

सम्बन्धित शिर्षकहरु