प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगिता सुरु

mahila bhalibalपुस ४।काठमाडौ,प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगिता आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ ।

नेपालले आठ वर्षपछि पहिलो पटक दक्षिण एसियालीस्तरको प्रतियोगितामा सहभागिता जनाउन लागेको यस खेलमा नेपालले माल्दिभ्सको सामना गर्दै उद्घाटन गर्नेछ ।

आजदेखि चार दिनसम्म पतियोगिता सञ्चालन हुनेछ । नेपालले आठ वर्षपछि पहिलो पटक दक्षिण एसियालीस्तरको प्रतियोगितामा सहभागिता जनाउन लागेको यस खेलमा नेपालले माल्दिभ्सको सामना गर्दै उद्घाटन गर्नेछ ।

यसअघि सन् २००६ मा श्रीलङ्कामा सम्पन्न दशौँ साग खेलकुदमा नेपाली महिला टोलीले सहभागिता जनाएको थियो भने त्यसअघि सन् १९९९ मा काठमाडौँमा भएको आठौँ सागमा भाग लिएको थियो ।
दुवै प्रतियोगितामा नेपालले कास्य पदक जितेको थियो । नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स गरी पाँच राष्ट्रले भाग लिने सो प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा विजेता टोलीले दुई हजार डलर प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः एक हजार र ५०० डलर प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट घोषित हुने एक खेलाडीले २५ हजार प्राप्त गर्नेछन् ।

सम्बन्धित शिर्षकहरु