रमेश अधिकारी, असनेपाल न्युज/
पुष १,सिड्नी- आफ्नो क्याफे लिन्डमा बन्दी बनाइएका अन्य सर्वसाधारणलाई सुरक्षित रुपमा बाहिर निकाल्ने संघर्षमा बन्दुकधारीको गोलि लागि मृत्यु भएका क्याफेका म्यानेजर टोरी जोन्सनलाई अस्ट्रेलिया भर “हिरो” को रुपमा चित्रण गर्दै स्रद्दा सुमन दिने क्रम जारि रहेको छ ।
सर्वासाधरणलाई बन्धक बनाइराखेको बन्दुकधारी हारोन मोनिससंगको हतापाइमा जोन्सनको गोलि लागि मृत्यु भएको थियो । अन्य बन्धकहरुका अनुशार जब बन्दुकधारीले कब्जा गरेको १७ घण्टा पछी बन्धक हरुलाई मार्ने धम्कि दिन थाल्यो जोन्सन उ संग जाइलागेका थिए । उक्त बन्दुकधारीको हतियार समातेर उनले अन्य सर्वसाधारणलाई बाहिर निस्कन सघाएका थिए ।
जोन्सन संगै ३८ बर्षिया वकिल क्याटरिना दौसनको पनि गोलि लागि मृत्यु भएको थियो ।
जोन्सनका परिवारले एक बिज्ञप्ति जारि गरि आफ्नो सुन्दर छोरा प्रति आफुलाई गर्ब लागेको बताएका छन् । “हामी हाम्रो सुन्दर टोरीप्रति गर्व महशुस गरिरहेका छौ जो अब यस धर्तीमा हामी संग छैनन, उनि यो संसारकै सबैभन्दा सुन्दार र बिशिस्ट मान्छे थिए”- बिज्ञप्तिमा भनिएको छ ।









