पुसदेखि दैनिक १० घण्टा लोडसेडिङ

मंसिर २९ । पुस २ गतेदेखि दिनको १० घण्टा सम्म लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेर दैनिक १० घण्टा हुने जनाएको हो । छ । अहिले सम्म ८ घण्टा मात्रै हुने लोडसेडिङ हुने गरेको छ ।

नदीमा पानीको सतह घट्दै गएकाले र पहिरोका कारण सिन्धुपाल्चोकमा रहेको भोटेकोशी जलविद्युत आयोजनाको टावरमा क्षती पुगेकाले लोडसेडिङ बढ्ने कारण देखाउदै प्राधिकरणले लोडसेडिङ बढेको हो ।

भोटेकोशीको टावरमा क्षती पुग्दा ४५ मेगावाट बिजुली केन्द्रिय प्रसारण ग्रिडमा नजोडिदा लोडसेडिङको अवधि बढाउनु परेको प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले बताउनु भयो । हिउँदमा १२ घण्टा भन्दा बढी लोडसेडिङ नबढाउने लक्ष्य भए पनि भोटेकोशी जलविद्युतको टावर बनाउन स्थानीय राजनीतिक दलले अवरोध गरिरहेकाले समस्या हुन सक्ने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु