
असनेपाल्न्युज सिड्नी ।
पछिल्लो जानकारी अनुसार सिड्नीको क्याफेमा आतंकवादीहरूले कब्जा गरी राखेका ब्यक्ति हरूको संख्या ३९ हुन सक्ने सुरक्षाकर्मीहरुले अनुमान गरेका छन्। एक जना हतियारधारी आतङ्ककारी १० जना क्याफे स्टाफ , र बाँकी ३० सर्वसधारण हून सक्ने जनाइएको छ। भर्खैरै न्यु साउथ वेल्सका प्रिमियर र फेडेरल प्रहरीद्वारा आयोजित प्रेस भेटघाटमा जनाइएको अनुसार शहर क्षेत्रमा आवत जावत सुचारु पार्न यथेस्ट ब्यवस्था मिलाइएको जनाइएको छ।
अस्ट्रेलिया सरकारले सबैलाई सतर्क रहन तर त्रासमा नरहन अनुरोध गरेको छ । करिव ४ घन्टा लामो समय सम्म पनि घटनाले निकास लिन नसके पनि अव छिट्टै निकास लिइने अस्ट्रेलियन सुरक्षा निकायले जनाएको छ । “हामि सबै अहिले परीक्षाको घडिमा छौ, तर यसको छिट्टै शान्ति पूर्ण समाधान निकाल्ने प्रयास भैरहेको छ” एन एस डब्लु प्रिमियरले बताएका छन । घटनाको नियन्त्रणका लागि सयौ दक्ष प्रहरी परिचलन गरिएको छ। यातायात र अन्य सेवा सुरक्षा सुचारु राख्न आकस्मिक यातायात सेवाको ब्यवस्था गरिएको छ। खास घटना स्थलमा ‘नो गो जोन’ मार्क लगाई अत्याधुनिक हतियार सहितको सुरक्षा घेरा मजबुत पारिएको एन एस डब्लु प्रहरीले जनाएको छ।








