झडपमा परी प्यालेस्टाइनका एक मन्त्रीको ज्यान गयो

मंसिर २५ । इजरायली सैनिकसँगको झडपमा प्यालेस्टाइनका एक मन्त्रीको ज्यान गएको छ । इजरायल र प्यालेस्टाइको सीमा क्षेत्र वेस्ट बैंकमा प्रदर्शन भैरहेका क्रममा अश्रुँ ग्याँस लागेर मन्त्री जियाद अबु इएनको ज्यान गएको हो । तर यसबारे फरकफरक टिप्पणी आएका छन् ।

अश्रुग्याँस लागेर स्वास्थ्यमा जटिलता आएको प्यालेस्टाइनी चिकित्सकले बताएका छन् । तर प्रत्यक्षदर्शीले भने मन्त्री इएनलाई इजरायली सेनाले कुटपीट गरेको र उहाँको छातीमा अश्रुग्याँसको सेल फ्ँयालेको बताएका छन् ।
इजरायलका रक्षा मन्त्री मोशे यालोनले विज्ञप्ति निकालेर मन्त्री इएनको ज्यान गएकोप्रति दुःख व्यक्त गर्नू भएको छ । इजरायली सेनाले भिड हटाउने उपाय आफुले अपनाएको र घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
यस्तै संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले घटनाको अनुसन्धन गर्न आग्रह गर्नुभएको छ ।

सम्बन्धित शिर्षकहरु