मंसिर २५ ।चितवन, मङ्गलपुरकी काशीमायाले न कुनै अपराध गरेकी थीइन,न त कसैलाई केही नै गरेकी थीन । विना कसुर उनी ३० बर्ष सम्म खोरमा थुनिनु पर्यो, थुनिएको कारण यो थियो की श्रीमानको चरम यातनाबाट मानसिक सन्तुलन नै गुमाएकी थिइन । सोह्र वर्षको कलिलै उमेरमा बिबाह गरी गएकी काशीमाया घरेलु हिंसाका कारण एक वर्षमै माइती फर्केकी उनका माइती पक्षले गुनासो पोखे ।
यतिबेला ४६ बर्ष पुगेकी काशीमायालाई मानसिक समस्या आएपछि उनलाई परिवारले नै छुट्टै काठको खोर बनाएर ३० वर्षदेखि राख्दै आएका थिए ।
चितवनका प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर बिकसहितको टोलीले बुधवार उनलै खोरबाट उद्धार गरी उपचार गराउन भरतपुर अस्पतालमा पुर्याएको छ ।
उद्धार गर्न गएको टोलीमा भरतपुर अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष बद्री तिमिल्सिना, शान्ति समितिका निवर्तमान संयोजक जितनारायण श्रेष्ठ, मनोरोग विशेषज्ञ डा महेन्द्रराज न्यौपाने र पत्रकारहरु समेत थिए ।
सोह्र वर्षको कलिलै उमेरमा बिबाह गरी गएकी काशीमाया घरेलु हिंसाका कारण एक वर्षमै माइती फर्केकी उनका माइती पक्षले बताएका छन् ।
उनलाई १६ वर्षको उमेरमा नवलपरासीमा विवाह गरिएको थियो । श्रीमान्ले कुटपिट गरेर यातना दिएपछि उनी माइत बस्दै आएकी थिइन् । माइतमा घरको पीडाले मानसिक समस्या आएको बुबा फइसिङ तामाङले बताए ।
धेरै ठाउँमा उपचार गराए पनि उपचार हुन नसकेर उनलाई खोरमा राखिएको फइसिङले बताउनुभयो ।
चिकित्सक डा न्यौपानेका अनुसार ढिलाई हुने भएपनि काशीमायाको मनसिक अवस्था ठीक अवस्थामा आउने संभावना भने देखिन्छ । लामो समयदेखिको मानसिक समस्या भएकाले उपचार सम्भव भए पनि समय लाग्ने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले महिलालाई जनावर जसरी राख्न नहुने बताउँदै उनको उपचार गरेर समाजमा फेरी पुनःस्थापना गरिने आश्वासन दिएका छन । बुधबार लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनका अवसरमा काशीमाको घटना सार्वजनिक गरिएको हो । अभियान कार्यक्रममा मात्रै सीमित गरिएको आरोप लाग्दै आएका बेला काशीमायाको उद्धार गर्ने पहल साच्चै नै सराहनीय छ ।








