मंसिर २५ । विभिन्न कार्यक्रमहरुमा पुरस्कार ग्रहण गर्न भ्याई नभ्याई भएका बेला एक्कासी बिरामी परेका संस्कृतिवीद सत्यमोहन जोशीको श्वास्थ्य अवस्थामा सुधार आएको छ । छातीमा समस्या देखिएपछि अस्पताल सोमबार अस्पताल भर्ना भएका जोशीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको उनकाा ज्याई केशवकृष्ण जोशीले जानकाारी दिए ।
बल्खुको वयोधा अस्पतालमा उपचार गरिरहेका जोशीको फोक्सोबाट बुधबार एक लिटर पानी निकालिएको थियो ।
जोशीको हेरचाहमाा खटिएका ज्वाईँ केशवकृष्णका अनुसार उनले हिजोभन्दा आज खाना खान थालेका छन् ।
९६ वर्षे जोशीलाई तीन दिन अघि अस्पताल भर्ना गरिएको थियो। एक हप्ताअघि उनलाई शताब्दी पुरुष्ॉ घोषणा गरिएको थियो।








