घरभित्रै श्रीमानश्रीमतीको शव फेला

मंसिर २१ । चरिकोट,दोलखाको मार्बु गाउँमा एक दम्पत्तिको रहस्यमय तरिकाले मृत्‍यु भएको छ ।

शनिबार बिहान घरभित्रै श्रीमान श्रीमतीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार शुक्रबारसम्म ठीकै रहेका ६२ वर्षीय नरबहादुर गुरुङ र उनकी श्रीमती मृत अवस्थामा घरमा भेटिएका हुन्।

घरमा दुईजना मात्रै बस्दै आएका थिए। दम्पत्तिको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

सम्बन्धित शिर्षकहरु