चमेलियामा ५४ करोड भ्रष्टाचार भएको लेखा समितिको ठहर

मंसिर १७ । काठमाडौं,व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले निर्माणधीन चमेलिया जलविद्युत आयोजनामा करोडौको भ्रष्टाचार भएको ठहर गर्दै त्यो भ्रष्टाचारमा संलग्न कर्मचारीलाई कारबाही गर्न ठहर गरेको छ ।

लेखा समितिले उक्त आयोजनामा ५४ करोड भ्रष्टाचार भएको ठहर गर्दै भ्रष्टाचारमा संलग्न सम्वन्धित मन्त्री, सचिवसहितका कर्मचारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो ।

समितिको बुधबार बसेको बैठकले दार्चुलामा निर्धाणधीन ३० मेगावाटको चमेलियको भेरिएसन नम्बर ३ मा ५४ करोड भ्रष्टाचार भएको ठहर गरेको हो ।

सुरुमा ८ अर्ब लागत रहेको आयोजना २०११ मै सम्पन्न हुनु पर्नेमा लागत बढेर १५ अर्ब पुगिसक्दा पनि आयोजना सम्पन्न हुन नसकेकोले समितिले छानबिनको कदम चालेको हो ।

समितिले सभासद राजन केसीको संयोजकत्वमा चमेलियामा भएको अनियमितताबारे छानविन गरेको थियो ।

उपसमितिले भेरिएसनसँगै निर्माण सामाग्री खरिद, कर्मचारीको तलब लगायतमा अनियमिता भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।

लेखा समितिले हालसम्म आयोजनाको विभिन्न चरणमा निर्देशन दिने तथा कार्यान्वयन गर्ने मन्त्री, सचिव, कर्मचारुी र विद्युत प्राधिकरणका अधिकारीहरुलाई कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षकहरु