
वीरगञ्ज । वीरगञ्जका आन्दोलनरत संघर्ष समितिलाई प्रदेश २ सरकारले वार्तामा आउन आव्हान गरेको छ । रादेशिक राजधानीको माग गर्दै आन्दोलनरत उनीहरूलार्इ प्रदेश नं २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वार्ताको लागी अाव्हान गरेको हो ।
कार्यालयका सचिव हरिप्रसाद फुयाँलद्वारा जारी पत्रमा भनिएको छ, ‘ प्रदेश नं २ को राजधानी वीरगञ्ज हुनुपर्दछ भन्दै वीरगञ्ज राजधानी संघर्ष समितिले गर्दै आएको आन्दोलनलाई वार्ताको माध्यमले समाधान गर्नु उपयुक्त रहेकोले वार्तामा आउन आदेशअनुसार अनुरोध छ ।’ भोलि बिहान ८ बजे प्रदेश सरकार र संघर्ष समितिका पदाधिकारीहरुबीच वार्ता हुने बताइएको छ ।








