मंसिर १७ ।काठमाडौ,ट्रान्सपरेन्सी इन्टरनेशनलको सर्वेक्षण अनुसार गत वर्षको तुलनामा नेपालमा भ्रष्टाचार बढेको छ ।
प्रतिवेदन अनुसार नेपाल २९ अंकका साथ १२६ औं स्थानमा पुगेको छ । गतवर्ष ३१ अंकका साथ ११६ स्थानमा थियो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार राति सार्वजनिक गरेको भ्रष्टाचार अवधारणात्मक सूचकांका(सिपीआई) अनुसार नेपालले गत वर्षभन्दा दुई अंक कम पाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष भरतबहादुर थापाले नेपालमा भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी हुन नसेको टिप्पणी गरे ।
विभिन्न अन्तराष्ट्रिय संस्थाहरुले गरेको सर्वेक्षणमा आम मानिसले व्यक्त गरेको धारणाका आधारमा अंक प्रदान गरिन्छ ।
यसवर्ष उत्कृष्ट भएको डेनमार्कले ९२ अंक पाएको छ भने न्यूजिल्याण्ड ९१ औ स्थानमा छ ।
दक्षिण एसियामा नेपाल र पाकिस्थान समान अंकका साथ चौंथो स्थानमा छन् । भूटानले ६५, भारतले ३८ र श्रीलंकाले ३८ अंक पाएका छन् । बंगलादेश २५ र अफगानिस्थानले १२ अंक पाएका छन् । माल्दिभ्स भने सूचीमा समावेश भएको छैन ।







