मंसिर १२ । काठमाडौं, सार्क शिखर सम्मेलनलाई सुरक्षा र शान्ति प्रदान गर्न सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली अज मध्यान्हदेखि समाप्त भएको छ ।
सार्क राष्ट्रका बिशिष्ट पाहुनाहरु स्वदेश फर्किएपछि मध्यान्ह १२ बजेदेखि सवारी साधन सन्चालनमा लागु गरिएको जोर-बिजोर प्रणालीलाई हटाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
१८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका सार्कका सबै कार्यकारी प्रमुखहरु स्वदेश फर्किएपछि जोर बिजोर प्रणाली हटाइएको हो ।
सार्कका पाहुनाहरुको आगमनलाई मध्यनजर गर्दै सरकारले गत सोमबारदेखि सवारी साधन सन्चालनमा जोर-बिजोर प्रणाली लागु गरेको थियो ।
मंसिर ८, १० र १२ गते जोर नम्बरका तथा ९ र ११ गते विजोर नम्बरका सवारी साधन सन्चालनको व्यवस्था मिलाइएको थियो ।







