महिला हिंसाका कृयाकलाप रोक्न कोष स्थापना

मङ्सिर १० ।चितवन,सबिता गुरुङ (पुन) स्मृति प्रतिष्ठानले चितवनमा महिला हिंसाका गतिविधिलाई रोक्न खर्च गर्ने गरी कोष स्थापना गरेको छ ।

प्रतिष्ठानले महिला हिंसाविरुद्ध परिचालन हुने गरी रु आठ लाखको कोष स्थापना गरेको हो ।

उक्त कोषमा अहिलेसम्म आठ लाख रकम जम्मा भएको र कोषमा रकम थप्दै जाने प्रतिष्ठानले जनाएको छ ।

पारिवारिक हिंसाका कारण आत्महत्या गर्न बाध्य भएको बताएकी सबिता गुरुङको नाममा प्रतिष्ठान बनाएर कोषमार्फत हिंसाविरुद्ध कार्यक्रम सञ्चालन गर्ने मृतक सबिताका काका होमबहादुर गुरुङले जानकारी दिनुभयो । गत वर्ष पुसमा सबिताले आत्महत्या गर्नु भएको थियो ।

उक्त घटनाको जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

उनका माइतीपक्षले भने पारिवारिक हिंसाका कारण उनले आत्महत्या गरेको आरोपमा मुद्दा हालेका छन् ।

कोषमार्फत हिंसामा परेका पीडित महिलालाई सहयोग गर्ने होमबहादुरले बताउनुभयो । उहाँले पनि उक्त कोषमा रु एक लाख रकम हस्तान्तरण गर्नुभएको प्रतिष्ठानले जनाएको छ ।

यसैबीच चितवनमा पनि विभिन्न १९ वटा सङ्घसंस्थाको आयोजनामा महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ ।

सम्बन्धित शिर्षकहरु