मंसिर ९ ।काठमाडौ, आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ ।“शान्तिनै बिश्व शान्तिको आधार, महिला हिंसा बिरुद्ध शुन्य सहिस्णुता कायम गरौ” नाराका साथ १६ दिने अभियानको अवधिमा लैङ्गिक हिंसा विरुद्ध सरकार र विभिन्न संघसस्थाले विभिन्न जनचेतना मुलुक कार्यक्रम गर्दैछन् ।
नोबेम्बर २५ तारिख देखी डिसेम्बर १० तारिख सम्म हरेक बर्ष बिभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।
राजाधानी बाहिरका विभिनन्न जिल्लामा पनि महिला हिंसा विरुद्ध कार्यक्रम भैरहेका छन । महिला तथा बालबालिका कार्यलयको प्राङगनबाट शान्ती र्यालि शुरु भई जिल्ला बिकाश समितिको समिक्षा हलमा पुगि कार्यक्रमको उद्घाटन गरिने भएको छ ।
सोलुखुम्बुमा मंसिर २५ अर्थात डिसेम्बर १० का तारिखका दिन खुल्ला बतृत्वकलाका साथै अन्य बिभिन्न कार्यक्रमगरी कार्यक्रम समापन गरिनेछ ।
उक्त कार्यक्रम सफल पार्नकोलागी जिल्ला बिकाश समिति, योङ स्टार क्लव, लगातका अन्य कार्यालयलेपनि आर्थिक तथा भौतिक सहयोग गर्ने भएका छन् ।
काभ्रेपलाञ्चोकका अनुसार लैङ्गिक हिंसा विरुद्धको जिल्ला समन्वय समिति काभ्रेले पनि आज लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन जिल्ला तहमा अन्तक्रिया गर्ने भएको छ ।
“हाम्रो गन्त्ब्य, मानव बेचविखनको अन्त्य” भन्ने नाराका साथ नोभेम्बर २५ अर्थात मंसिर ९ गतेबाट सुरु हुने अभियानको पहिलो दिन जिल्ला तहमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको महिला तथा बालबालिका विकास कार्यालयका प्रमूख एवं समितिका सदस्य सचिव लक्ष्मी शाहले बताउनुभयो ।








