मङ्सिर ७ ।विराटनगर,तरकारी बोकेको ट्रक पल्टिएर घाइते भएकाहरुमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
तरकारी बोकेर उर्लाबारीतर्फ जाँदै गरेको को१ख ८८४ नम्बरको ट्रक शनिबार साँझ ६:१५ बजेतिर उर्लाबारी-१ स्थित सोठा सडकखण्डमा गएराति पल्टिँदा ट्रकमा सवार करिब १२ व्यक्ति घाइते भएका थिए ।
घाइते हुनेमा ट्रक चालकसहित तरकारी व्यापारीहरु रहेका छन् ।
घाइतेमध्ये सोही ठाउँ बस्ने १७ वर्षीय युवराज कटुवालको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त ट्रकमा सवार घाइतेमध्ये दुई जनाको स्थानीय अस्पतालमा अन्य नौ जनाको न्युरोमा उपचार भइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।







