हामीलाई प्रधानमन्त्री चाहिँदैनः प्रचण्ड

pushpa_kamal_dahal--621x414काठमाडौँ, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधान बनाउन नदिने तत्वहरु यतिबेला तीन दललाई फुटाउन कम्मर कसेर लागेको बताएका छन् । उनीहरु सरकार बनाउन नदिने खेलमा लागेको प्रचण्डले खुलासा गरेका हुन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित अन्तरक्रियामा बोल्दै प्रचण्डले भने‘ संविधान बनाउन नदिने र हामीलाई फुटाउन खोज्नेहरु नै यतिबेला सरबार बनाउन नदिने खेलमा लागेका छन् ।’कार्यक्रममा प्रचण्डले भने- ‘हिजो संविधान बनाउन नदिनेहरुले सरकार बनाउने बेलामा हेरौंला भनेका थिए ।’

आफ्नो दललाई प्रधानमन्त्री र राष्ट्रपति केही नचाहिएको बताउँदै प्रचण्डले तीन दलवीचको एकता अझै कायम राख्नुपर्ने बताए । ‘हामीलाई प्रधानमन्त्री पनि चाहिँदैन, राष्ट्रपति पनि चाहिँदैन,’ प्रचण्डले भने- संविधान कार्यान्वयन होस् ।’
अब बन्ने सरकारले स्थानीय चुनाव, प्रादेशिक चुनाव र व्यवस्थापिका संसदको चुनाव गर्नेभएकाले आगामी ३ वर्षसम्म सहमतिको सरकार बनाएर यी कामहरु सम्पन्न गर्नुपर्ने प्रचण्डले बताए । थारु र मधेसीले उठाएका जायज मागहरुलाई संविधान संशोधनमार्फत् चाँडो सम्बोधन गरिनुपर्नेमा प्रचण्डले जोड दिए । उनीहरुका मागलाई सम्बोधन गरेर विजय गच्छदार र थारुहरुलाई पनि सरकारमा सहभागी गराई सहमतीय सरकार बनाउनुपर्ने उनले बताए ।

सम्बन्धित शिर्षकहरु