मंसिर ६ । काठमाडौं, छिमेकी मुलुक चीनसँग चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २२ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।
यतिबेला व्यापार घाटा ३७.८ प्रतिशतले बढेको हो ।
यस अवधिमा २३ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बराबरको बस्तुहरु चीनबाट आयात गरिएको छ भने ८८ करोड ९० लाख रुपैयाँ बराबरको बस्तुहरु निर्यात भएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा चीनसँगको व्यापार घाटा १६ अर्ब २० करोड ६६ लाख रुपैयाँ रहेको थियो । त्यतिबेला चीनसँगको व्यापार घाटा १०.९ प्रतिशतले घटेको थियो ।
उच्च आयातित बस्तुहरु
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार तीन महिनामा चीनबाट रासायनिक मल, लसुन, सिल्कको कच्चा पदार्थ, सोलार प्यानल, स्टिल रड तथा पाता, पोलिष्टर धागो, रेडिमेट ग्रामेन्ट, जुत्ता–चप्पल, ब्याट्रि लगायतका वस्तुहरुको उच्च आयात भएको छ ।
चीनबाट सबैभन्दा बढी आयात हुनेमा दूरसञ्चार उपकरण तथा पार्टस रहेका छन् । जसको आयात तीन महिनाको अवधिमा ७३.४ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा २ अर्ब ६४ करोड ५१ लाख रुपैयाँ बराबरको दूरसञ्चार उपकरण तथा पार्टस आयात भएको थियो ।
त्यसैगरि, यो तीन महिनामा खेलौना, सवारीसाधन तथा पार्टस, भिडियो टेलिभिजन तथा पार्टस, पेपर लगायतका वस्तुहरुको आयात उच्च भएको छ ।








