मत्स्येन्द्रनाथको रथलाई सोह्रखुट्टे पुर्याइयो

काठमाण्डौ । विवाद र झडपका बाजजुत रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरको पुल्चोकदेखि सोह्रखुट्टे पाटीसम्म पुर्याइेएको छ ।

ललितपुरको पुल्चोकमा तयार गरी राखिएको रथलाई तानेर आइतबार दिउँसो सोह्रखुट्टे पुर्याइेको हो ।

परम्पराअनुसार पुल्चोकबाट गाःबहाल क्षेत्रमा रथ पुर्‍याउनुपर्नेमा यस वर्ष कोभिड-१९ महामारीका कारण रथलाई केही परसम्म मात्रै तानिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।

महर्जनले कोभिड महामारीको कारणले गर्दा रथ यात्रा गराउने काम परिवर्तन गरिएको बताए । रथलाई ६/७ किलोमिटर सम्म (बुङमती) नपुर्‍याइ केही बेर तानेर टुङ्ग्याउने योजनाअनुसार आइतबार तानिएको थियो ।

भदौ २६ गते उपयुक्त साइतमा रातो मत्स्येन्द्रनाथको मूर्तिलाई अवतरण गराइ बुङमती लगिने कार्यक्रम तय गरिएको छ ।

त्यसको चार दिनपछि भदौ २९ गते विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त हुने छ ।

यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने नगरिने महर्जनले जानकारी दिए । रथ तान्ने कार्यक्रमका लागि चार सय ३४ जना सहभागी भएका थिए । जसमध्ये एक सय ६० जना रथ तान्नका लागि, एक सय २४ जना स्वयंसेवक, झण्डै ३० जना बाजागाजा बजाउने र ज्यापु समाजका पदाधिकारी थिए ।

प्रहरीले कार्यक्रम स्थललाई चारै तर्फबाट घेरा हालेर सुरक्षा दिएको थियो । गएको बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति विना रथ तान्न थालेपछि विवाद भएको थियो ।

सम्बन्धित शिर्षकहरु