मङ्सिर १, काठमाडौँ- दुइ साता अघि मेलबर्नमा आयोजना गरिएको नेपाल फेस्टिबल- २०१४ लाइ सफल बनाउन भूमिका खेलेकोमा एन आर एन अस्ट्रेलियाले सबैमा धन्यबाद ज्ञापन गरेको छ ।
एक धन्यबाद कार्डको साथमा बिज्ञप्ति जारि गर्दै नेपाल महोत्सब आयोजकका तर्फबाट सबै पदाधिकारी, सरकारी अधिकारी, अस्ट्रेलियामा रहने समस्त एन आर एनहरु, प्रायोजकहरु, कलाकार, स्वयंसेवक, संघसंस्था, बाहिरबाट आएका पाहुना तथा आम संचार माध्यमहरुलाई बिशेष धन्यबाद दिईएको हो ।
गत नोभेम्बर १ र २ तारिकका दिन आयोजित उक्त महोत्सबमा ३० हजार भन्दा बढीको सहभागिता रहेको थियो । नेपाली कला संस्कृति र सम्पदाको प्रबाशमा प्रबर्दन गर्न र बिदेशमा रहेका नेपाली बिचको एकतालाई थप मजबुत बनाउने उद्देश्य राखेर नेपाल फेस्टिबल- २०१४ को आयोजना गरिएको थियो ।








