अस्ट्रेलियाको पर्थमा प्रदर्शन गरियो ऐतिहासिक चलचित्र सेतो बाघ

कात्तिक ३०, काठमाडौँ- डायमण्ड समशेरद्वारा लिखित पुस्तक सेतोमा अधारारित नेपाली कथानक चलचित्र “सेतो बाघ” अस्ट्रेलियाको पर्थseto baghमा प्रदर्शनी गरिएको छ । प्रबासमा लोकप्रिय नेपाली फुटबललाई सहयोग पुर्याउनका लागि यो चलचित्र प्रदर्शन गरिएको हो ।

पर्थको बेलमोन्टस्थित रिडिंग सिनेमामा हिजो सम्पन्न प्रदर्शनी अस्ट्रेलियास्थित नेप्लिज युनाइटेड फुटबल क्लबले आयोजना गरेको हो ।

चलचित्र प्रदर्शनीबाट उठेको सम्पूर्ण रकम पर्थमा रहेका नेपालीको फुटबललाइ बिकाश गर्नका लागि दान गरिने आयोजकले जानकारी गराएका छन् ।

ऐतिहासिक कथामा बुनिएको यो चलचित्रलाई बरिष्ठ कलाकार निर शाहले निर्माण तथा निर्देशन गर्नु भएको हो ।

सम्बन्धित शिर्षकहरु