ससुरालीले कुटी कुटी ज्वाईलाई मारे

कात्तिक ३०, काठमाडौँ- महिला हिंशा र हत्याका समाचार आइरहेका बेला एउटा अचम्मको समाचार बाहिर आएको छ । नेपालको सुदुरपुर्बी जिल्ला इलाममा ससुराको कुटाइबाट एक ज्वाईंको मृत्यु भएको छ।

इलामको दानाबारी–२ स्थित जुवाली भन्ने स्थानमा ससुरा खड्गबहादुर एक्तेनसहित गाउँलेको कुटाइबाट मृत्यु हुनेमा झापाको भद्रपुर–४ निवासी ३५ वर्षीय अनिल श्रेष्ठ रहेको प्रहरी चौकी लोदियाले जानकारी दिएको छ ।

घरबाट श्रीमती मनमाया श्रेष्ठ हराएपछि श्रीमतीको खोजीमा शुक्रबार राति ससुराली पुगेका अनिललाई ससुरा र गाउले मिलेर पितेपछी  मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विवरणअनुसार राति ससुराली पुगेका श्रेष्ठले झ्यालबाट ससुरालाई बोलाउने क्रममा चोर भन्दै ससुरासहित गाउँलेले मरणासन्न हुनेगरी कुटपिट गरेको बताइएको छ ।

कुटपिटमा संलग्न श्रेष्ठका ससुरासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक श्रेष्ठका ससुरा दानाबारी–२ निवासी खड्गबहादुर, सोही ठाउँ निवासी पद्मबहादुर मगर, धनबहादुर साउदेन, अम्बिका घिमिरे, माधव सेन्च्युरी, सुभास लिङ्देन, तुलसी सेन्च्युरी र दानाबारी–७ निवासी कुमार राई रहेका छन् ।

सम्बन्धित शिर्षकहरु