बैशाख ३ ।युक्रेन,युक्रेनका बिपक्षी दलका नेता ओलेग कालास्नीकोभको शव हत्या गरिएको अवस्थामा भेटिएको छ ।
नेता ओलेगको शव किभ सहरमा गोली हानी हत्या गरिएको अवस्थामा भेटिएको हो । अघिल्लो सरकारको सहयोगीका रुपमा रहेका विपक्षी नेताको मृत्युलाई रहस्यमय रुपमा हेरिएको छ ।नेता कोलिस्नीकोभ अपदस्थ राष्ट्रपति भिक्टर यानुकोभिचको समर्थनमा सरकार विरोधी आन्दोलनविरुद्ध सक्रीय हुनुभएको थियो ।
युक्रेनका स्वतन्त्र विश्लेषकहरुले विपक्षी नेताको हत्या हुनुमा वर्तमान पश्चिमा शक्ति राष्ट्रको पक्षपाती सरकारको हात रहेको हुन सक्ने दावी गरेका छन् ।








