सिंहदरबार परिषरभित्र चोरी: टाई सुट लगाएको चोर

कात्तिक २८, काठमाडौँ-  सर्वसाधारणलाई प्रवेश मात्र गर्न पनि अत्यन्तै गाह्रो हुने देशको प्रशासनिक मुख्यालय सिंहदरबारमा चोर भने सजिलै चिर्न सक्दा रहेछन भन्ने सुन्दा तपाईंलाइ अचम्म लाग्ला । बारम्बार चोरीका घटना हुने सिंहदरबार परिषर भित्रबाट हालै एउटा मोटरसाइकल हराएको छ । 

झन्डै महिना दिनअघि परराष्ट्र मन्त्रालय परिसरबाट मोटरसाइकल चोरी भएको घटना बल्ल सार्बजनिक भएको हो । परराष्ट्रमा करारमा कार्यरत एक कर्मचारीको बा ६३ प५८४३ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको बताइएको छ । सुटटाई लगाएर भी आइ पी जस्तो देखिने व्यक्तिले मोटरसाइकल चोरी गरेको सिसिटीभी रेकर्डमा देखिएको छ । तर,चोरी गर्ने व्यक्तिको हालसम्म पहिचान खुल्न सकेको छैन ।

सिसिटिभी रेकर्डमा चोरले करिब एक घन्टा मोटरसाइकल रहेको स्थान निरीक्षण गरेर अर्को मोटरसाइकलको हेलमेट निकाली मोटरसाइकल डोहोर्याउँदै लगेका थिए । गेटमा रहेका प्रहरीले त्यसरी मोटरसाइकल लिएर जाँदा पनि कुनै सोधपुछ नगरेको देखिएको छ ।

सम्बन्धित शिर्षकहरु