नेपालमा पहिलो पटक पूर्वाधार विकास सम्मेलन गरिदै

कात्तिक २५ । काठमाडौ,नेपालकै पहिलो पटक आजदेखि राजधानीमा पूर्वाधार सम्मेलन शुरु भैरहेको छ ।

पूर्वाधार विकासका बारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघको आयोजनामा सम्मेलन हुन लागेको हो ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुहुने तय भएको छ ।

सम्मेलनलाई उर्जा, यातायात, शहरी, उद्योग मन्त्रीलगायत उद्योगी व्यवसायीहरुले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

भोलिसम्म चल्ने सम्मेलनमा ५ सयभन्दा बढी सहभागी हुने जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु