वीरगन्ज, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो संविधानसभाको राज्य पुनरसंरचना आयोगले तयार पारेको खाका विपरित तीन दलले आफूअनुकुलको संविधान जारी गर्ने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।
पर्साको वीरगंजमा सोमबार भएको पत्रकार सम्मेलनमा फोरम नेपालका अध्यक्ष यादवले काँग्रेस, एमाले र राप्रपा नेपाल २०४७ साल कै संविधान ब्युँताउने खेलमा लागेको आरोप लगाउनु भयो ।
उहाले कांग्रेस, एमाले र राप्रपा नेपालले विगतमा भएका सम्झौताहरु उल्टाएर संघीयताको प्रस्ताव अगाडी बढाएको बताउनु छ ।
कांग्रेस-एमालेले ल्याएको ७ प्रदेशको खाका मधेसको हितमा नहुने भएकोले त्यसलाई सच्याउनुपर्ने उनले धारणासमेत राखे ।
स्वायत्त मधेस प्रदेश हुनुपर्ने र त्यसको राजधानी वीरगंजलाई बनाउनुपर्ने यादवले बताए ।
उनले सबै जातजाति, भाषा, धर्म, वर्ग, लिंग र भूगोलको आधारमा संघीयता हुनुपर्नेमा जोड दिए । संविधान निर्माण र राज्यपुर्नसंरचना मुलुकको विषय महत्वपूर्ण रहेकाले विगतको सम्झौताको पूर्ण पालना गर्दै संविधान जारी गर्नुपर्ने उनको भनाइ थियो ।








