उपाध्यक्ष शेर्पा र सदस्यसचिव विष्टबीच हात हालाहाल

tendiअसार ११ । काठमाडौँ, खेलकुदमन्त्री पुरूषोत्तम पौडेलको राखेप सदस्य सचिवमा केशव विष्टलाई नियुक्त गर्ने निर्णय एमालेभित्रै विवादित बनेको छ । विष्टलाई परिषद्को कार्यकारी पदमा नियुक्त गर्ने निर्णय देखि पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेत असन्तुष्ट बनेका छन् । जसका कारण पार्टीभित्र मन्त्री पौडेल चर्को दबाबमा परेका छन् । अध्यक्ष ओली विष्टलाई सदस्यसचिव नियुक्त गरेको सम्बन्धमा मन्त्री पौडेलसँग बिहीबार नै स्पष्टीकरण मागेका छन् ।

अध्यक्ष ओली र मन्त्री पौडेलबीच संसदीयय दलको कार्यालयमा भेट भएको थियो । ओलीका  स्वकीय  इन्द्र भण्डारीका अनुसार ओली र पौडेलबीच केहीबेर कुरा भएको थियो । ‘निर्धारित कार्यक्रम नभएपनि  संयोगवश उहाँहरूबीच भेट भएको थियो’, स्वकीय सचिव भण्डारीले भने ‘उहाँहरूबीच केहीबेर कुराकानी भएको थियो ।’ स्रोतका अनुसार अध्यक्ष ओलीले आफूसँग छलफल नगरी विष्टलाई सदस्यसचिव नियुक्त गरेको भन्दै तत्कालै निर्णय सच्याउन निर्देशन दिएका थिए ।
अध्यक्ष ओलीको असन्तुष्टिअघि नै एमाले निकट खेलकुद महासंघका पदाधिकारी विवादमा उत्रिएका थिए । त्यसक्रममा नवनियुक्त सदस्यसचिव विष्ट र एमालेबाटै परिषद्को उपाध्यक्ष बनेका लामा टेण्डी शेर्पाबीच हात हालाहालकै अवस्थासम्म सिर्जना भएको थियो । मन्त्री विष्टलाई सदस्यसचिव नियुक्त गरेपछि मन्त्रालयमै स्वागत तथा  बधाई दिने कार्यक्रम आयोजना गरेका थिए । सो कार्यक्रमपछि विष्ट र शेर्पाबीच हात हालाहाल भएको हो ।

उपाध्यक्ष शेर्पा नवनियुक्त सदस्यसचिवले आफूलाई अपशब्द प्रयोग गरेकाले आफूले धकेलेको नयाँ पत्रिकाले समाचार छापेको छ । निर्णयमा असहमत भए पनि मैले उनलार्ई बधाई दिएको थिएँ, तर उनले मलाई अपशब्द प्रयोग गरे, मेरो पवर देखिस् भने,’ उपाध्यक्ष शेर्पाले भने, ‘त्यसैले मैले उनलाई धक्का दिएको हुँ ।’

विवादपछि सदस्यसचिव विष्ट पदभार ग्रहण गर्न त्रिपुरेश्वरस्थित परिषद् पुगेका थिए । उनलाई सदस्यसचिवको कार्यकक्षसम्म नेपाल प्रहरीले कडा सुरक्षा दिएको थियो । सदस्यसचिव विष्ट परिषद्को मुख्य गेट भन्दा पनि रंगशालाको गेट प्रयोग गरी आफ्नो कार्यकक्ष पुगेका थिए

सम्बन्धित शिर्षकहरु