कात्तिक १६ ।गौशाला,महोत्तरीमा बस र मोटरसाइकल ठोकिँदा महोत्तरीको खयरमारा गाविसमा पर्ने पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको खयरमारा–५ स्थित जङ्गलमा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही जिल्लाको कर्मैया–४ बस्ने धीलेन्द्र देवकोटाका छोरा २८ वर्षीय पे्रमप्रसाद र सोही मोटरसाइकलपछाडि बसेकी नाम, थर र वतन अ अन्दाजी २६ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गए राति करिब ७ बजे काठमाडौँबाट सिरहाका लागि हिँडेको ना.४ख. ४६९७ नंको श्रीकृष्ण रथ यातायात बस र पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.२६प. ३६८२ नंको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।
सोही घटनामा परी बसमा सवार ११ घाइते भएकामा धनुषाको नक्टाझिज बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान रामकुमार विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उपचार बर्दिवासस्थित होप अस्पताल र लालगढको मोडेल अस्पतालमा भइरहेको छ ।








