भक्तपुर, २१ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले बुहमतीय प्रणालीबाट नयाँ सरकार गठनका बेला यसलाई अवरुद्ध गर्ने गरी नेकपा एमालेले संसद् अवरुद्ध गर्नु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री चयन प्रक्रिया नै प्रभावित बनाउन खोज्नु ठीक नभएको बताउँदै भने, ‘प्रतिपक्ष दल एमालेले यसरी नै संसद् अवरुद्ध गर्ने हो र प्रधानमन्त्री चयनमा ढिलाइ हुने हो भने दोस्रो चरणको स्थानीय तहको निर्वाचनसमेत प्रभावित हुन्छ, यसतर्फ धयान दिनु जरुरी छ ।’ भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई एमालेले स्वीकारेर अगाडि जानुको विकल्प नभएको उनको भनाइ छ । मन्त्री नायकले भने, “स्वतन्त्र र अधिकार प्राप्त आयोगमाथि नै हस्तक्षेप गर्दै एमालेले आयोगको निर्णय मान्दिन भन्नु र संसद् अवरुद्ध गर्नु लगायत गतिविधि अघि बढाउनु सकारात्मक होइन, एमालेले गरेको विरोध अर्थहीन छ ।” विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यातेर पुनः मतदान गर्नुपरेको जिकिर गर्दै उनले अहिले पनि भरतपुरमा हुने पुनः मतदानमा शङ्का गर्न नहुने बताए ।
सम्बन्धित शिर्षकहरु
विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्धित
एजेन्सी । विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्ध भएका छन्। रोमालार्इ […]
गर्भ बसेपछि प्रेमिकाको हत्या
पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत […]
मलेसियामा श्रमिकको तलव बढ्दै, लाखौँ नेपाली कामदार लाभान्वित
काठमाडौं । नेपाली श्रमिकका लागि रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियामा स्वदेशी तथा विदेशी श्रमिकहरुको […]
पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने साउदी अरबको निर्णय,सर्त भने कडा
रियाद । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ । अति रुढीवादी मुस्लीम मुलुक […]
नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल,नेपाललाई लेभल थ्रीमा झारियो
अष्ट्रेलिया । नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल बनेको छ । अष्ट्रेलियाको आन्तरिक […]
अष्ट्रेलियामा हुनुहुन्छ ? अष्ट्रेलियाको कुन शहरमा कति बजे दशैंको टीकाको उत्तम साइत
अष्ट्रेलिया । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेको विभिन्न देश तथा शहरका लागि […]


