भरतपुर महानगरपालिकाको सुनुवाई फेरी पनि सर्यो

 

साउन २,काठमाडौं । भरतपुर महानगरपालिको मतगणना विवादको मुद्दाको फैसला फेरि सरेको छ ।

आज सर्वोच्च अदालतमा न्यायाधीश ओम प्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले साउन ८ गतेका लागि सुनुवाईको मिति तोकेका छन् ।

निर्वाचन आयोगले मतगणनाको क्रममा मतपत्र च्यातिएपछि पुनः मतदान गर्ने निर्णय गरिसकेको थियो । भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्ने वा पुनः गणना भन्ने विवाद कायम छ । यही बीचमा नेकपा एमालेको भरतपुर १९ नम्बर वडाको खुलातर्फबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विश्वकर्मा र अधिवक्ता तुल्सीराम पाण्डेले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । ५० दिन अघि मतगणनाको क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि रोकिएको मतगणना सुरु हुन सकेको छैन ।

रीटको सुनुवाई चौथोपटक सरेको छ ।

सम्बन्धित शिर्षकहरु