झुण्डिएको अवस्थामा महिलाको शव फेला

कात्तिक १४। लमजुङ,लमजुङको भोर्लेटार गाउँ विकास समिति वडा नम्बर ४ हलेसीमा एक महिलाको शव फेला परेको छ ।

घरबाट झण्डै डेढसय मिटर टाढा बाँधेर झुण्डिरहेको अवस्थामा स्थानिय लक्ष्मी न्यौपाने क्षेत्रीको शव फेला परेको हो ।

जंगलमा चिलाउनेको रुखमा झुण्डिरहेको अवस्थामा शव फेला परेपनि खुट्टा टेकेको अवस्थामा रहेको र घटनाको प्रकृति हेर्दा हत्या गरेर राखिएको हुन नसक्ने बताएका छन् ।

कात्र्तिक ८ गते देखि हराईरहेकी लक्ष्मीलाई खोज्नेक्रममा स्थानियबासीले जंगलमा शव फेला पारेका थिए ।

घटनास्थलबाट शवको पोष्टमार्टम गर्न प्रहरीले जिल्ला अस्पताल तनहुँमा लगिएको छ ।

सम्बन्धित शिर्षकहरु